१०७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaja-sahit-pakrau-1024x576-1-960x540

वीरगन्ज । महोत्तरीबाट १ सय ७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो औरही नगरपालिका ८ टिम्कियाबाट बी.आर.३० ए.एच.२३८८ को भारतीय नम्बरप्लेटको कारलाई रोकेर चेकजाँचको क्रममा उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मराज मुडभरीले जानकारी दिए ।

उनका अनुसार कारको डिकीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको हो ।

गाँजासहित कार र चालक यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >