सिंगापुर एयरलाइन्सको विमान आकस्मिक अवतरण, एकको मृत्यु, ३० जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
airplane

वीरगंज | सिंगापुर एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान उडानका क्रममा गम्भीर अस्थिरता आएपछि एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुने ७३ वर्षीय बेलायती नागरिक रहेको बताइएको छ । विमानमा सवार अन्य ३० जना घाइते भएका छन् । ती मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

लण्डनबाट सिंगापुरका लागि उडेको विमानमा अचानक समस्या आएपछि विमानलाई बैंककमा आकस्मिक अवतरण गराइएको थियो । स्थानीय समय अनुसार दिउसो ३. ४५ बजे आकस्मिक अवतरण गराइएको थियो ।

सिङ्गापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा गम्भीर अशान्तिको सामना गर्नुपरेको बताएको छ । विमानमा कूल २ सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार रहेका थिए ।

एयरलाइन्सले यात्रु र चालक दलका सदस्यले विमानमा गडबढी आएर भोग्नु परेको समस्या प्रति विज्ञप्ति मार्फत् माफी मागेको छ । विमान अन्डमान सागरमाथि पाँच मिनेटमा १ हजार ८ सय मिटरदेखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >