भारतबाट तस्करी गरी ल्याइएको ७१२ बाेरा मल सहित एक तस्कर वीरगन्जबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240621_184624218-scaled

वीरगन्ज,७असार:वीरगन्जमा भारतबाट तस्करी गरी ल्याएर राखिएको ठूलाे परिमाणको रासायनिक मल प्रहरीले बरामद गरेकोे छ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित वैष्णाेदेवी मन्दिर अगाडिको बृजकिशाेर महताेकाे घरमा गाेदाम बनाएर भण्डारण गरी राखिएको अवस्थामा ५० केजी ताैलका ७१२ बाेरा मल प्रहरीले बरामद गरेको हाे।

विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले नवलपरासीको कावासाेतीका ज्ञान बहादुर महताेले नगवाका बृजकिशाेरकाे घर भाडामा लिएर गाेदाम बनाई भण्डारण गरेर राखेकाे ७१२ बाेरा मल बुधबार साँझ बरामद गरेकाे प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले जानकारी दिए।

मलसंगै ज्ञान बहादुरलाईपनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।बरामद उक्त मलकाे बजार मूल्य अन्दाजी १० लाख रुपैयाँ रहेकाे उनले बताए ।

बरामद मल र पक्राउ परेका ज्ञान बहादुरलाई शुक्रबार आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >