हुण्डीको ५ लाख ५० हजार नगद सहित एक भारतीय वीरगञ्जबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240628_190115862-1536x863

वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम ईनरूवा बजार बस्ने बर्ष ३२ का सिताराम प्रसाद कुशवाहालाई पाँच लाख पचास हजार नगदसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बिहीबार साढे १ बजे पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसियानी स्थित म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकलमा सवार कुशवाहालाई रोकी खानतलासी गर्दा श्रोत खुल्न नसकेको रकम बरामद भएको थियो ।

मोटरसाइकलको दाहिने कार्वोरेटरभित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको नेपाली रु.१००० दरको नोट ५०० थान र रु.५०० दरको नोट १०० थान गरी जम्मा पाँच लाख पचास हजार रुपैयाँसहित कुशवाहालाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >