बिरगंज कारागारमा एक जना कैदीको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1596157917.Birgunj-Karagar-1

बिरगंज ,२२ असार। पर्सा स्थित बिरगंज कारागारमा एक जना कैदीको मृत्यु भएको खबर प्राप्त भएको छ।

मृत्यु हुनेमा बिरगंज-११ श्रीपुरका ३० वर्षीय अनिल कुमार महतो रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब १०/११ बजेको समयमा कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट अनुमान गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

पर्सा प्रहरीका अनुसार घटनाको खबर प्राप्त हुन् साथ  घटनास्थलमा तत्कालै प्रहरी टोली पुगि र आवश्यक अनुसन्धान कार्य अघि बढाइएको र मृतकको शरीरलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा पठाइएको हो।

महतो जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि बिरगंज  कारागारमा कैदीको रूपमा सजाय भोग्दै आएका थिए।

सो घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।Share 0Tweet 0

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >