अवतरण गर्दा भैरहवा विमानस्थलमा चिप्लियो बुद्धको जहाज

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
450678939_783238033978047_4572893227240813511_n

 भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ ।

विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।

बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट साढे ९ बजे उडेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको रूपन्देहीका प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको छ । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >