विद्यार्थीको आन्दोलन सकिएपछि पनि बंगलादेशमा गिरफ्तारी जारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Violence erupts across Bangladesh after anti-quota protest by students

बंगलादेशमा केही दिनअघि भएको विद्यार्थी आन्दोलनका नेतृत्वकर्तालाई प्रहरीले धमाधम गिरफ्तार गर्न थालेको छ। 

प्रदर्शनका क्रममा घाइते भएर अस्पताल भर्ना भएका वा घरमै आराम गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गर्न थालेको हो। यसअघि झण्डै एक साता चलेको विद्यार्थीको आन्दोलनपछि बंगलादेशमा सरकारले कर्फ्यू लगाएर सेना परिचालन गरेको थियो। डेढ सयभन्दा बढी विद्यार्थी मारिएको आन्दोलनपछि अदालतले तत्कालीन स्वतन्त्रता सेनानीका परिवारलाई दिइने आरक्षण घटाएको थियो। 

अदालतको फैसलासँगै आन्दोलन फिर्ता भएको थियो। तर अहिले वातावरण सामान्य भइसकेपछि शेख हसिना नेतृत्वको सरकारले धमाधम विद्यार्थी नेताहरूलाई पक्राउ गर्न लागेको हो। यसअघि आन्दोलनका क्रममा गिरफ्तारीमा परेका ४ हजारभन्दा बढी विद्यार्थीलाई पनि बंगलादेश सरकारले रिहा गरेको छैन। 

यसका कारण आरक्षण विरोधी आन्दोलनको अगुवाई गरेका विद्यार्थी सहकर्मीको रिहाइका लागि पुनः आन्दोलनको मनस्थितिमा छन्। यही कारण प्रहरीले उपचाररत विद्यार्थीमाथि नै गिरफ्तारी बढाएको आरोप लगाइएको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >