पर्सा प्रहरीद्वारा ३ लाख ७० हजार बराबरको लत्ताकपडा र खाद्यान्न बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
DPO-Parsa--saman---Yatra_CmOyVNx4G4

वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न स्थानबाट तीन लाख ७० हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वेरोडस्थित सडकखण्डबाट प्रहरीले ४८५ किलोग्राम चिनी नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा ल्याइएको ४० हजार मूल्य बराबरको चिनी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ गहवास्थित सडकखण्डबाट प्रहरीले एक लाख १० हजार रुपैयाँ बराबरको चार बोरा मिट मसाला नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गण्डकले एक लाख ८० हजार बराबरको लेडिज कुर्ता सुरुवाल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । उनकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट ७६ पिस कुर्ता सुरुवाल, ६० पिस जेन्स कुर्ता, २२४ पिस स्टिलको कचौरा लगायतका सामग्री बरामद गरिएको हो । 

प्रहरी चौकी ईनर्वाले पनि ४० हजार बराबरको कपडा नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकस्थित सडकखण्डबाट लेडिज कुर्ता सुरुवाल, प्लाजो, कुर्ता सेट, चुरा, चिनी र प्याज नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । भन्सार छलीका सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >