युक्रेनसँगको युद्धमा ६६ हजार रूसी सैनिक मारिएको दाबी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-russian_army_91YWPlB5zx

युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडिया जोना’ले जनाएको छ।

‘मिडिया जोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्यांक प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ। यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए ।

‘अगष्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ’, ‘मिडिया जोना’ले शनिबार भनेको छ। पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र  धेरै सैनिकको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ । 

‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया अलेक्सिएभाले मृत्यु हुनेको पछिल्लो सङ्ख्या कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण वा पूर्वमा रूसको प्रगतिसँग सम्बन्धित नभएको बताए। ‘यसको कारण यो हो कि अनुसन्धानकर्ताहरूले अझै पनि मृत्यु रिपोर्टको ब्याकलगमार्फत काम गरिरहेका छन्’, उनले भने। 

प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो। ‘यी आँकडा पूर्णरूपमा सही नहुन पनि सक्छन् किनभने अनिवार्य सैन्य भर्ती केन्द्रहरूले व्यावसायिक सैन्य सम्झौतामा हस्ताक्षर गर्नका लागि केही आफन्तहरूको नाम दर्ता गरेको हुन सक्छन्’, ‘मिडिया जोना’का सम्पादक दिमित्री ट्रेश्चानिनले भने।

मिडिया जोनाको विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बाश्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ। यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ।
समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ वर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट छ हजार ८७७ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये १२ हजारभन्दा बढी कैदीहरू थिए। रूसले कैदीहरूलाई पहिलो चरणको एक अवधिपछि स्वतन्त्रताको आश्वासन दिएर युद्धमा पठाएको छ । 

‘मिडिया जोना’ र बीबीसीले रूसी चिहानहरूको उपग्रहबाट प्राप्त तस्वीरहरूको प्रयोग गर्दै नयाँ मृतकको सङ्ख्या अनुमान गर्न स्वयंसेवकहरूसँग मिलेर फेब्रुअरी २०२२ देखि आधिकारिक रिपोर्ट र मिडियाजस्ता खुला स्रोतबाट प्राप्त हुने जानकारीको प्रयोग गरी मृत्युहरूको गणना गरिरहेका छन्। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमहिनामा युक्रेनमा करिब सात लाख रूसी लडिरहेको बताएका थिए। मस्कोले ‘विशेष सैन्य अभियान’मा आफूले व्यहोरेको क्षतिबारे तथ्यांक विरलै सार्वजनिक गर्ने गर्छ।

सन् २०२२ को सेप्टेम्बरमा रूसी रक्षा मन्त्रालयले युद्धमा पाँच हजार ९३७ सैनिक मारिएको बताएको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >