बारा प्रहरीले छापामारी गरि २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-09-24 at 21.06.14_513ca3d3

बारा प्रहरीले छापामारी गरि २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा मंगलवार १२:३० बजेको समयमा बाराको कलैया उ.म.न.पा. वडा नं. २५ बस्ने तजमोदिन अंसारीको घरमा छापामारी गरि भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएको ६१ बोरा चिनि र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तजमोदिन अंसारीको घरमा चेकजाँच गर्दा मुल्य रू.२ लाख ५९ हजार बराबरको चिनि-६१ बोरा र बोरा सिलाउने मेसिन-१ थान फेला परेको हुँदा वरीपरीका स्थानियसंग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगंज बुझाईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >