५८ लाख भन्दा बढीको सामानसहित मालबाहक ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-09-24 at 21.20.26_5c377ee7

पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा असोज ७ गते राती ८:१५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित आई.सि.पी चोकबाट  बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

साथमा रहेको विल विजक भन्दा बढीका कस्मेटिक लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो मालबाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।

५८ लाख ८६ हजार ३० रुपैया बराबरका कस्मेटिक लगायतका मालबस्तुहरूको बिलबिजक सन्कास्पद देखिएकाले नियन्त्रणमा लिई ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी भारतीले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >