५८ लाख भन्दा बढीको सामानसहित मालबाहक ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-09-24 at 21.20.26_5c377ee7

पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा असोज ७ गते राती ८:१५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित आई.सि.पी चोकबाट  बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

साथमा रहेको विल विजक भन्दा बढीका कस्मेटिक लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो मालबाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।

५८ लाख ८६ हजार ३० रुपैया बराबरका कस्मेटिक लगायतका मालबस्तुहरूको बिलबिजक सन्कास्पद देखिएकाले नियन्त्रणमा लिई ट्रकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी भारतीले जानकारी दिए।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >