बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
education-ministry_myCSFV9pfL (1)

बिरगंज-१२ अशोज धेरै वर्षापछि आएको बाढी, पहिरोका कारण हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार ६ जनाको मृत्यु भएको छ । बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको हो । मन्त्रालयले ती दुई जना विद्यार्थीको मृत्युको विवरण भने अध्यावधिक गरेको छैन ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ६ जनाको विद्यार्थीको मृत्यु भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको जनाए । उक्त विद्यालयको कक्षा ८ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थीहरूको मृत्यु भएको बताए ।बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालयमा प्रभावित बनेका छन् । तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।रसुवाका तीन विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, मकवानपुरको ३ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाचँथरको  १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

मधेस प्रदेशका ४२ वटा विद्यालयमा क्षति पुगेको र त्यसबाट १० हजार ९०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रवक्ता भट्टराईले बताए ।

सिन्धुलीबाट ५० जना शिक्षक तथा विद्यार्थीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । सिन्धुलीको कुशेश्वर दुम्जा गाउँपालिकामा रहेको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

त्यस्तै सिन्धुलीकै सुनकोशी गाउँपालिकास्थित पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र १७ जना फरक क्षमता भएका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । 

https://drive.google.com/file/d/1fg3GlQn4ZKOKb5HDUjMaAZADr_USAQeH/preview

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >