बिरगंज-१६असोज : जिल्लाप्रहरी कार्यालय बाराले चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावण देखि भदौ महिनामा ९ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको मालसामान बरामद गरेको छ।
जिल्लाका विभिन्न ठाउँबाट सोअवधि को दुई महिनामा सबैभन्दा बढी ९ करोड ५१ लाख २७ हजार २८
रुपैयाँको सामान बरामद गरिएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले प्रगति विवरण
सार्वजनिक गर्दै जानकारी दिएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा ठाडो उजुरी २ सय १६ दर्ता मा १ सय ५८ फर्छौट भएको छ भने ५८ वटा
फर्छौट हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
घाउजाँच १ सय २२ उजुरी दर्ता भएको छ भने जिल्ला प्रशासन कार्यालय बाराबाट १ सय ४३ उजुरी
आएकोमा १ सय १ वटा उजुरी फर्छौट भएको छ भने ४२ वटा उजुरी फर्छौट हुन बाकी रहेको छ ।
बारामा दुई महिनामा कुल ४ सय ८१ वटा उजुरी दर्तामा २ सय ५१ वटा फर्छौट भएको छ । २ सय २२ वटा
उजुरी फर्छौट हुन बाकी रहेको छ ।
त्यसैगरी अपराध सम्बन्धी २ सय ६२ वटा मुद्दा दर्ता भएको छ भने ५२ वटा फर्छौट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवना तोकेको १८ जना फरार रहेका प्रतिवादी पक्राउ गरेको छ ।
उक्त फरार प्रतिवादीहरुलाई अदालतबाट १ वर्ष २ महिना दिन कैद र ६ लाख ६६ हजार १६ रुपैयाँ जरिवाना
संकलन गरेको छ ।
प्रहरीले लागूऔषध गाँजा – ३ सय ११ किलो १ ग्राम,फेनारगन– २ सय २४,ब्रुनो फिन–२ सय
२४,डाईजोपाम– २ सय २४,डाईजेपा म –२ सय २४,ट्रामाडोल – ३० पिस,नाईट्रोभेट– १० पिस,हिरोईन ९२
किलो ३ सय ५० ग्राम र अफिम १० ग्राम प्रहरीले बरामद गरेको छ ।
त्यस्तै दुई महिनामा महिला सेलमा ४ सय ४६ उजुरी दर्तामा २ सय ९८ फर्छौट भएको छ। ६९ जना
महिला ,बालबालिका तथा जेष्ठनागरिकहराएका मध्ये २७ जना प्रहरीले फेला परेको जानकारी दिएको छ ।
त्यसैगरी बारामा १ सय ६२ वटा सवा री दुर्घदुर्घटनामा ३ सय ५ जना घाइते भएका छन् । १२ जना को मृत्यु भएको
प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले ५ हजार ८७ जनालाई कार्वाही गरेको छ। कार्वाही बापत २० लाख ६१ हजार पाँच सय
रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।