पचरौताका १४ सय विपन्न परिवारलाई ग्यास सिलिन्डर र चुलो वितरण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pacharauta-nagarpalika2024-10-06-06-10-07

बाराको पचरौता नगरपालिकाले पालिकाभित्रका एक हजार ४५० विपन्न परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ।

नगरप्रमुख जलन्धरसिंह जैसवारले आफ्नो चुनावी प्रतिबद्धताअनुरूप विपन्न नगरवासीलाई ग्यास सिलिन्डर र चुलो वितरण गरेका हुन्।

यसअघि निर्वाचित भएका पचरौता नगरपालिकाका जनप्रतिनिधिले करिब पाँच हजार ६ सय परिवारलाई ग्यास वितरण गर्दा छुटेका १४ सय ५० विपन्न परिवारलाई आइतबार ग्यास सिलिन्डर र ग्यास चुलो वितरण गरिएको हो।

पर्यावरणलाई स्वच्छ तथा गृहणीलाई भान्साको धुँवाका कारण हुने स्वास्थ्य समस्या नआओस् भनेर एलपिजी ग्यास वितरण गरिएको पचरौता नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मी यादवले बताए।

पचरौता नगर क्षेत्रलाई धुवाँमुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण अभियान सुरु गरिएको नगरप्रमुख जलन्धरसिंह जैसवारले बताए।

नगरपालिकामा ग्यास लिन छुटेका परिवारलाई पनि ग्यास र चुलो वितरण गर्ने नगरप्रमुख जैसवारले बताए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >