गौशाला धर्मशालामा महानगरले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिको विरोध

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaushala-dharmasala-(4)-ink-1728984687

गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिले विरोध गरेको छ।

महानगरपालिकाले धर्मशालामा मंगलबार दिउँसो बोर्ड राख्ने तयारी गर्दा मारवाडी सेवा समितिले विरोध जनाएका हुन्। 

उनीहरूले मुद्दाको किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित रहनुपर्ने माग राख्दै प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।

यसअघि मारवाडी सेवा समाजले चलाउँदै आएको धर्मशाला काठमाडौं जिल्ला अदालतको फैसलापछि पशुपति विकास कोषले नै व्यवस्थापनको जिम्मेवारी पाएको थियो। 

कोषको अधिकार क्षेत्रमा परेपछि कोषले धर्मशालाको व्यवस्थापकीय जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिएको थियो।

कोषले जिम्मा दिएपछि काठमाडौं महानगरपालिकाले यसअघि पनि धर्मशालामा बोर्ड लगाउने प्रयत्न गरेको थियो। त्यतिबेला मारबाडी सेवा समाज र महानगर प्रहरीबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो।

त्यसपछि काठमाडौं महानगरपालिकाले धर्मशाला व्यवस्थापनका लागि सुरक्षा व्यवस्था मिलाइदिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयललाई समेत पत्राचार गरेको छ। महानगरले मारवाडी सेवा समाजलाई पनि सहयोगका लागि अपिल गरेको छ। 

मारवाडी सेवा समाजले भने फैसला भए पनि पूर्णपाठ सार्वजनिक नभइसकेकोले त्यतिबेलासम्म आफूहरूको न्यायिक अधिकार सुनिश्चित हुनुपर्ने बताएको छ। 

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >