हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका दुई सडक ३ दिनका लागि बन्द

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
3-bhimfedi-kulekhani-road_1PRmARssfh

मकवानपुर — हेटौंडा हुँदै काठमाडौं जाने छोटो दूरीको दुईवटा बाटो ३ दिनका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित बाटोको मर्मत तथा ह्युमपाइप हाल्ने काम भइरहेकाले शुक्रबारदेखि ३ दिन सडक अवरुद्ध हुने भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडकका लागि अन्य बाटो प्रयोग गर्न यात्रुलाई अनुरोध गरिएको छ । काठमाडौंबाट हेटौंडा आउने सवारी साधनलाई भने नरोकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैकल्पिक बाटोका रूपमा हेटौंडा-भैंसे पालुङ हुँदै काठमाडौं र कान्ति लोकपथको हेटौंडा-ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षातले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा असर गरेको थियो । दसैंका लागि वकैल्पिक बाटो बनाएर यस रुटलाई सञ्चालन गरिँदै आएको थियो ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >