हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका दुई सडक ३ दिनका लागि बन्द

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
3-bhimfedi-kulekhani-road_1PRmARssfh

मकवानपुर — हेटौंडा हुँदै काठमाडौं जाने छोटो दूरीको दुईवटा बाटो ३ दिनका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित बाटोको मर्मत तथा ह्युमपाइप हाल्ने काम भइरहेकाले शुक्रबारदेखि ३ दिन सडक अवरुद्ध हुने भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडकका लागि अन्य बाटो प्रयोग गर्न यात्रुलाई अनुरोध गरिएको छ । काठमाडौंबाट हेटौंडा आउने सवारी साधनलाई भने नरोकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैकल्पिक बाटोका रूपमा हेटौंडा-भैंसे पालुङ हुँदै काठमाडौं र कान्ति लोकपथको हेटौंडा-ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षातले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा असर गरेको थियो । दसैंका लागि वकैल्पिक बाटो बनाएर यस रुटलाई सञ्चालन गरिँदै आएको थियो ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >