श्रीमतीलाई मोटरसाइकलमा चढाएको आरोपमा साथीको हत्या गर्ने पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pak2024-10-19-09-35-40

श्रीमतीलाई बाइकमा चढाएको बहानामा आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एक अभियुक्त सहित घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-५ निवासी रोशन भन्ने सूर्यकुमार बढईको हत्या भएको थियो । रोशनको शव उनी सुत्ने ओछ्यानमा बिहानपख मृत अवस्थामा फेला परेको थियो ।

घटनाको साढे २ महिना पछि प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये पाल्ही नन्दन गाउँपालिका-६ निवासी ३० वर्षीय जोगिन्दर बढईले आफ्नो श्रीमतीलाई रोशनले मोटरसाइकलमा राखेर आफन्तकोमा छोड्न गएको देखेपछि सोही घटनालाई लिएर रोशनको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए । 

प्रहरीले रोशनको हत्यामा सम्लग्न जोगिन्दर बढई सहित पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-६ निवासी २० वर्षीय सुरज राजभर र अर्को एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन । 

यस्तो छ हत्याको कारण 

गत साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई उनका साथी रोशन भन्ने सूर्यकुमार बढईले आफ्नो मोटरसाइकलमा राखेर आफन्तकोमा लैजान सहयोग गरेका थिए । श्रीमतीलाई अरुको बाइमा चढेको देखेपछि जोगिन्दर र सुर्यबिच बाटोमै विवाद भएको थियो । विवादसँगै जोगिन्दरले रोशनसँग बदलाको भावना राखी हत्याको योजना बनाए थिए ।

हत्याको योजना बनाई साउन १३ गते बेलुका रोशनलाई भेट्न बोलाएका थिए ।  तर, रोशनले साथीहरु लिएर गएका कारण त्यस दिन जोगिन्दरले रोशलाई केही गरेनन् । तर साउन १४ गते बिहान ४ बजे रोशन सुतेकै ठाउँमा गएर जोगिन्दरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए।

घटना पश्चात जोगिन्दर भारत भागेको र घटनामा सम्लग्न अन्य २ जना भने गाउँमै बसेका थिए । घटनामा प्रयोग गरिएको धारिलो हतियार सेफ्टी ट्यांकीमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

जोगिन्दर घर फर्केर लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको र उनीसँगै घटनामा सम्लग्न अन्य दुई जनालाई पनि पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >