पर्सा जिल्लामा लागुऔषधसहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241023_091519

वीरगंज,७ कार्तिक । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ स्थित रजत जयन्ती चोकमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहतको ईनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उक्त युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्ने युवक भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्ला, बेतिया, ढारौला पञ्चायत वार्ड नं ३ का २३ वर्षीय शाबा करीम साह रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरज चौलागाईंले जनाएका छन ।उनको साथबाट प्रहरीले विभिन्न प्रकारका १८० थान लागू औषध बरामद गरेको छ, जसमा ६० थान फेनारगन, ६० थान डाइजेपाम, र ६० थान नुरफिन रहेका छन्। पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >