अवैध सम्वन्धपछि अंशको दावी गर्दा मालतीको हत्या, अनुहारमा सारी राखेर आगो लगाएको खुलासा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
malati

जनकपुर– महोत्तरीको पिपरा गाउँपालिका–७, दनौली चौरी स्थित अशोक ठाकुरको आँप बगैँचामा १२ कात्तिकका दिन करिव २५–२६ वर्षकी महिलाको शव भेटियो। कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ती लगाएकी महिलाको अनुहार जलाइएको थियो।

प्रहरीले आसपासमा सोधपुछ गर्यो तर मृतकको पहिचान खुलेन। अनुशन्धानका क्रममा प्रहरीले उनको पहिचान खुलाएको छ। मृतक धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदार घर र धनुषाकै शहिद नगर नगरपालिका–७, यदुकोहा (निमुवा) माईती भएकी मालती भन्ने लक्ष्मिनियादेवी मण्डल (२८) हुन।

उनको हत्या आरोपमा प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका–५ का राकेश नायक (२२) र उनकी श्रीमती रिनादेवी महरा (२५) लाई पक्राउ गरेको छ। राकेशसँग अनैतिक सम्वन्ध रहेकी लक्ष्मीनियाँको दम्पत्ति नै मिलेर हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार राकेश र रीना विगत ५ वर्षदेखि भारतका विभिन्न शहरमा मजदुरी गर्दै वसेका थिए। गत साउनमा नेपाल फर्किएका हुन्। नेपाल फर्किएपछि रीनालाई घरमा छोडेर राकेश भने काम गर्न भाइसँगै भैरहवा गए। भदौको अन्तिमतिर घर फर्किएका भाइले लक्ष्मीनियाँलाई सँगै भैरहवा लिएर गए। साकेशका भाई र लक्ष्मीनियाँको चिनजान कसरी भयो र किन उनलाई भैरहवा लगियो भन्ने प्रहरीले खुलाएको छैन।

भैरहवामै राकेश र लक्ष्मीनियाँबीच अवैध सम्बन्ध कायम भएको र उतै विवाहसमेत गरेको प्रहरीले जनाएको छ। त्यसपछि १ कात्तिकमा भाईकै साथ लागेर लक्ष्मीनियाँ राकेशको घर पिपरा आईन भने राकेश ३ कात्तिकमा मात्रै आए। त्यसपछि उनीहरुको घर झगडा सुरु भयो। घरमा श्रीमती हुँदाहुँदै आफूसँग विवाह गरेको भन्दै लक्ष्मीनियाँले राकेशसँग अंश मागिन।

उनीहरुका विवाद उग्र वन्दै गयो। ‘कानुनी लडाई लडेर भएपनि अंश लिन्छु’ भन्दै लक्ष्मीनियाँले दागा धर्न थालेपछि श्रीमान–श्रीमती एकजुट भए। ११ कात्तिकमा उनीहरु धेरै बेरसम्म विवाद भयो। त्यसपछि लक्ष्मीनियाँ घरबाट निस्किईन। राकेश र रीना पनि उनको पछि–पछि बाहिर निस्किए। अशोक ठाकुरको आँप बगैँचामा पुगेपछि उनीहरूबीच कुटाकुट भयो।

सोही क्रममा राकेश र रीनाले लक्ष्मीनियाँले ओढेकै सलले घाँटीमा कसेर उनको हत्या गरे। त्यसपछि उनकै व्यागमा भएको साडी अनुहारमा राखेर आगो लगाई उनीहरू फरार भए। अनुशन्धान र खोजतलासका क्रममा उनीहरुलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी विशाल सिंह बताएका छन्।

उनका अनुसार पक्राउ परेका दुवैले अपराध स्विकार गरिसकेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >