पिकनिक गएकी किशोरी चार दिन पछि मृत भेटिइन्

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1656471312_Death-Nagarik-1200x560

पिकनिक गएकी किशोरी चार दिन पछि मृत भेटिइन्

चार दिनदेखि बेपत्ता भएकी एक किशोरी मृत भेटिएकी छन्। गत सोमबारदेखि चितवनको मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया बिपना चौधरीको शव फेला परेको हो । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता भएकी थिइन्।

बिहीबार साँझ ६ बजे उनको शव नारायणी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। चौधरी वनभोज खाएर तनहुँको बन्दिपुरबाट समूहमा फर्किदै थिइन्।

फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता भएको उनीसँगै रहेका साथीहरुले बताएका छन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुुरू गरेको छ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >