बिरगंजमा युवकमाथि आक्रमण, हत्याको प्रयास असफल

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20241102-WA0005

बिरगंज, १७ कात्तिक बिरगंजमा एक युवकमाथि आक्रमण भएको छ। आक्रमणमा परि गम्भीर घाइते भएका बिरगंज महानगरपालिका-१६ का १९ वर्षीय मकबुल अलिको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ब्यक्तिहरुले अलिको हत्या गर्ने प्रयास गरेको आरोप परिवारजनले लगाएका छन्। परिवारका अनुसार आक्रमणकारीहरूको पहिचान भइसकेको छ, जसमा बिरगंज-१६ ईनर्वाका मुम्ताज मिया तेली, रेयाज मिया तेली सहित तीन जना रहेका छन्। आक्रमणबाट घाइते मकबुल अलिसँग रहेको ५० हजार नगद र सुनको सिक्री लुटिएको आरोप पनि परिवारजनले लगाएका छन्। घटनाको सम्बन्धमा पर्सा प्रहरीले आरोपितहरूलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ। हाल उनीहरू फरार रहेका छन्। पक्राउपछि थप अनुसन्धान गरी कडा कानुनी कारबाही गरिने पर्सा प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले समाजमा अराजक गतिविधि गर्ने कुनै पनि व्यक्तिलाई कानुनले छुट नदिने बताउँदै कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घटना लुटपाटको उद्देश्यले भएको हो वा व्यक्तिगत रिसिबीका कारण, यसबारे अनुसन्धानपछि प्रस्ट हुनेछ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >