पर्साको बहुदरमाई नगरपालिकामा किशोरीको शव बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sab

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा एक जना किशोरीको शव बरामद भएको छ । नगरपालिकाको वडा नम्बर ८ रामनगरीबाट एक जना किशोरीको शव बरामद भएको हो ।

मृत भेटिनेमा स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनी रहेकी पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको प्रहरी बताउँछ ।

शनिबार बिहान पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाएको जनाएको छ ।

यसबारेमा आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । प्रहरीका अनुसार मृत भेटिएकी किशोरी दुइ दिनदेखि सम्पर्कविहिन रहेकी थिइन् ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >