इजरायली आक्रमणमा गाजामा ४० जना प्यालेस्टाइनीको ज्यान गयो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Gaza_final_f5g6LrFDI0

गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका  आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका छन् ।

हिजो बिहानै इजरायली आक्रमणमा जबलियामा रहेको तीन तले भवन ध्वस्त हुँदा नजिकै रहेका घरका अरु ३० जना  घाइते भएका गाजामा रहेको प्यालेस्टाइनी सेन्टर फर ह्युमन राइट्स (पीसीएचआर) लाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सेनाले जबलियामा विद्रोही समूहले कब्जा गरेको ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । उनीहरुले त्यस क्षेत्रमा रहेका इजरायली रक्षा बलका  सेनाहरूलाई खतरा बनाएका रिपोर्ट आइरहेकाले आक्रमण गरेको सेनाको भनाइ छ । केही दिनदेखि गाजामा इजरायली सेनाले अस्पताल तथा विरामीको उपचार सेवामा हस्तक्षेप गर्दै आइरहेको छ ।

जबलिया र वरपरका तीन अस्पतालहरू इजरायली सेनाले धेरै हप्तादेखि घेरामा परेर खाना, चिकित्सा र इन्धन आपूर्तिमा रोक लगाएका छन् । तर अस्पतालका अधिकारीहरूले उपचार सेवा बन्द गर्न सेनाले दिएको निर्देशनलाई अस्वीकार गर्दै उपलब्ध श्रोत साधनले बिरामीको उपचार गरिरहेका खबरमा उल्लेख छ । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >