बिरगंज ,२७ कार्तिक ।पर्सा प्रहरीले ३७ लाखभन्दा बढी मूल्यका खुद्रा सामान लोड गरेको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले २०८१/०७/२६ गते राति १०:५० बजे वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघर चोकमा ना.५ ख ६७४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। ट्रकमा बिल विजकमा उल्लेखितभन्दा बढी मूल्यका खुद्रा सामान र औषधीहरू वीरगञ्जबाट रूपन्देही लैजाने तयारीमा रहेको थाहा पाएपछि प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो।ट्रकमा मूल्य रु. ३७ लाख ५२ हजार ८ सय ८६ बराबरका सामान रहेको पाइएको र थप अनुसन्धान तथा कारबाहीका लागि सामानसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।