डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी निराश, कुशल कार्यशैलीको सराहना।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240909_074644_Gallery

बिरगंज ,३० कार्तिक। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको सरुवा भएको छ। उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा गरिएको छ भने पर्सा जिल्लामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएको छ।

सरुवा र बढुवा प्रहरी संगठनको नियमित प्रक्रिया हो।तर चार महिनाको छोटो कार्यकालमा नै कुशल कार्यशैली, इमानदारी र सेवाग्राहीको समस्या सुन्ने तथा समाधान गर्ने क्षमताले पर्सा वासिको मन जित्न सफल डिएसपी भारतीको सरुवामा राजनीतिक चलखेल भएको आशंका गरिएको छ। पर्सावासीले एक कुशल प्रवक्ता र सूचना अधिकारी गुमाउनु परेकोमा निराशा व्यक्त गरेका छन्।

पर्सा जिल्लाका जनताको सेवा र सुरक्षामा विशेष योगदान दिइरहेका डिएसपी दीपक भारतीले प्रहरी प्रशासनमा आफ्नो अद्वितीय भूमिका देखाइरहेका छन्। उनले जिल्लामा कानुनी व्यवस्था, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि असाधारण योगदान दिएका छन्।

जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सधैं तत्पर रहने डिएसपी भारतीले समाजमा राम्रो प्रभाव पार्दै आएका छन्। जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका छन्।

पर्साका एसपी कुमोध ढुंगेल र उनको सन्युक्त नेतृत्वमा पर्सा जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नका लागि धेरै सुधारात्मक कामहरू भइरहेका छन्। जनताको सुरक्षा र सेवा सुनिश्चित गर्न उनले गरेको यो महत्वपूर्ण कार्यप्रति जिल्लाबासीहरूले प्रशंसा व्यक्त गरेका छन्।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >