३१ लाख ७९ हजारको सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241202_212100

१७ मंसिर,बारा । ईलाका प्रहरी कार्यालय जीतपुर बाराले झण्डै  ३१ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुर सिमरा उप- महानगरपालिका–७  चेकमा जाँचको क्रममा बिल बिजक नभएको सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ना.८ ख ८२८६ नम्बरको मालबाहक ट्रकमा बिल विजक नभएको ३१ लाख ७९ हजार २२ रुपैया बराबरकाे तिरपाल, मोबिल, प्लास्टिक सुतली, सुटके,बकरम लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जीतपुर बारा  प्रहरी नायव निरीक्षक मोहनारायण रायले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >