बारा प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-12-07 at 20.07.41_8024aeba

,२२ मंसिर ।जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय प्रसौनीले लागूऔषध (ब्राउन सुगर) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भारत बिहार राज्य मोतिहारी जिल्ला नकरदेही वडा नम्बर २ श्रीरिसिया माल टोलका ५० वर्षीय जाकिर हुसैनलाई प्रहरीले मिति २०८१ मंसिर २२ गते बिहान ९:३० बजे पक्राउ गरेको हो।

बारा जिल्ला अदालतको मिति २०८१ असार १४ गतेको आदेशानुसार फरार प्रतिवादीको खोजी गर्न गरिएको निर्देशनको आधारमा प्रहरी टोलीले हुसैनलाई बारा, परवानीपुर गाउँपालिका वडा नम्बर ५ स्थित एक अस्पतालको अगाडि सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका हुसैनलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >