पत्रकार महासंघको अन्तिम मतपरिणाम सार्वजनिक : अध्यक्षमा शर्मा निर्वाचित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
nirmala-sharma-08122024021846-1000x0

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी हुनु भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शर्माले चार हजार २८२ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गर्नु भयो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गर्नु भयो ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गर्नु भयो । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गंगा पौडेल बरालले दुई हजार ६४४ मत प्राप्त गर्नु भयो ।

उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार २९२ मत प्राप्त गरी विजयी हुनु भयो । उहाँका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गर्नु भयो ।

महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत प्राप्त गर्नु भयो । सचिव खुलामा रमेश खतिवडाले तीन हजार ४०० मत प्राप्त गरी जित हात पार्नु भयो । सचिव महिलामा सोनी शर्माले चार हजार ३४७ मत प्राप्त गरी विजयी हुनु भयो । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार ८५८ मत प्राप्त गरी विजयी हुनु भयो । सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार ११०, सचिव एसोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार ६४५ मत प्राप्त गरी जित हासिल गर्नु भयो ।

कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार ८४७ मत प्राप्त गरी विजयी हुनु भयो । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ र शंकर खरेलले ४४२, मधेश प्रदेश सदस्यमा राजु विश्वकर्माले २९७ र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी हुनु भयो ।

बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी हुनु भएको छ । गण्डकी प्रदेश सदस्यमा कृष्ण केसीले ३३०, केवी रानाले ३८१ तथा लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी हुनु भयो ।

कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी जित हात पार्नु भयो । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३०० मत प्राप्त गरी विजयी हुनु भयो । उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४०० र सविता शर्माले ४८७ मत प्राप्त गरी विजयी हुनु भयो । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी जित हात पार्नु भयो ।

खुला सदस्यमा छविलाल तिवारीले तीन हजार ४७०, भूपेन्द्र आचार्यले तीन हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले तीन हजार ७२१, रामेश्वर कार्कीले तीन हजार ६३० र लवदेव ढुंगानाले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित हुनु भयो । मधेशी महिलातर्फ रुवीकुमारी रौनियारले चार हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले तीन हजार ७३७, खस आर्य महिलामा लीला शाह योगीले तीन हजार ८१० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित हुनु भएको थियो ।

दलित सदस्यमा सिकेन्द्र पासवानले तीन हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित हुनु भएको थियो । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले चार हजार ५० मत प्राप्त गरी विजयी हुनु भयो भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित हुनु भएको थियो ।

मधेसी सदस्यमा राजकरण महतोले तीन हजार ८९३, मधेशी सदस्य महिलामा ललिताकुमारी साहले चार हजार ४०९ मत प्राप्त गरी निर्वाचित हुनु भयो । अपांगता भएका सदस्यमा भूपराज बस्यालले तीन हजार ५५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले चार हजार ३७३ मत प्राप्त गरी विजयी हुनु भयो ।

लेखा समिति संयोजकमा केसी लामिछानेले चार हजार १९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले चार हजार १२५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले चार हजार ८९ मत प्राप्त गरी जित हात पार्नु भयो । महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो । 

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >