हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Chido-cyclone-in-Mayotte-1024x576

 हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन् ।

फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ ।यो तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ । अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको भनिए पनि मृतकको संख्या एक सयभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । त्यहाँका हजारौं व्यक्तिहरु खाना, पानी र आवास विना बस्न बाध्य छन् ।

मायोट द्वीप फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्दछ । फ्रान्सको गृह मन्त्रालयले त्यहाँ मृत्यु भएकाको संख्या दिन अहिल्यै नसकिने जनाएको छ ।अधिकारीहरुले त्यहाँको भयावह अवस्था हेर्दा मृतकको संख्या १ हजारको संख्यामा हुन सक्ने आशंकासमेत गरेका छन् । घर, सडक, सरकारी कार्यालय र बिजुलीका पूर्वाधारहरुमा तुफानले क्षति पुर्‍याएको छ ।

अल जजिराका अनुसार मायोट द्वीपमा मुस्लिम समुदायको बसोबास छ । मुस्लिम समुदायमा २४ घण्टाभित्र शव गाड्ने संस्कार छ । तर त्यहाँको अवस्था हेर्दा मृतक पहिचान गर्नै केही दिनसम्म लाग्ने सम्भावना छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >