बारा प्रहरीले १५ किलो गाँजासहित २ भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
image (1)

बारा प्रहरीले १५ किलो लागू औषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बारा मातहतका इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौंडाबाट पथलैया जाँदै गरेको BR 22J-5333 नम्बरको भारतीय नम्बर प्लेट भएको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार कारको बिचको सिटमुनि फलामको फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएको १५ किलो गाँजा (सानो-ठूलो गरी ४ वटा पोका) बरामद गरिएको छ। उक्त घटनामा संलग्न रहेका दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाइएको छ।पक्राउ परेका व्यक्तिहरूको परिचय:चालक: भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, मोतिहारी थानाअन्तर्गत गोविन्दगञ्ज ग्राम पंचायत मुरा, वडा नं. १४, चनडीस्थान गाउँका २६ वर्षीय अखिलेश कुमार साह।सहयात्री: सोही स्थानका १९ वर्षीय राजकुमार पासवान।बरामद गरिएको गाँजासहित पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ। घटना सम्बन्धमा बारा प्रहरीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >