रौतहट प्रादेशिक अस्पताल गौर अध्यक्ष अनवर हासमी र मेडिक सुपरिटेन्डेन्ट मुरारी ठाकुरको सिण्डिकेटले चलेको डा. ईम्त्याज अहमदले आरोप

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20241217-WA0010

रौतहट । प्रादेशिक अस्पताल गौर अध्यक्ष अनवर हासमी र मेडिक सुपरिटेन्डेन्ट मुरारी ठाकुरको सिण्डिकेटले चलेको डा. ईम्त्याज अहमदले आरोप लगाएका छन।पत्रकार सम्मेलन आयोजना गरि डा.ईम्त्याजले अध्यक्ष हासमी र मेसु ठाकुरले सर्वजनिक र अति संबेदनसिल संस्थालाई कमाई खाने भाडो झै प्रयोग गरेको आरोप लगाएका छन। अध्यक्ष हासमीले भनेको नगरेपछी आफुलाई दुर्ववहार गरि तलव समेत अपचलन गरि निकालेको आरोप लगाएका छन।अध्यक्ष हासमिले डा. ईम्त्याजलाई मासिक ३ लाखको तलव भाता तोकि अर्को ब्यबस्था नहुन्जेल सम्मका लागि नियुक्त गरेका थिए। जेनरल फिसिसियन डा.ईम्त्याजले रेडियोलोजिस्ट र आईसियु कक्ष सम्हादै आएका थिए।मंसिर २६ गते अध्यक्ष अनवर हासमीले बिनाकारण दुर्ववहार गर्दै डा. ईम्त्याजलाई अस्लिल शब्द प्रयोग गर्दै निकाले पछि ईम्त्याजले पत्रकार सम्मेलन गर्दै कार्वाहीका माग गरेका छन।तलबका लागि अस्पतालका लेखापाल जितेन्द्र यादव सङ्ग बोलचाल परेपछी अध्यक्ष हासमीले डा. ईम्त्याजलाई दुर्ववहार गर्दै निकालेको आरोप लगाएका छन।अध्यक्ष हासमीले आफुले भने अनुसार न गरेका अर्का चिकित्सक डा. अमित चौधरी, बिपिन चौधरी र गोपाललाई पनि दुर्ववहार गरि निकालेका थिए। अध्यक्ष हासमि , मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर र लेखापाल जितेन्द्र यादवले तानाशाह प्रवृतीबाट अस्पताल चलाउदै र चिकित्सकलाई दुर्ववहार गर्दै आएको डा.ईम्त्याजले अरोप लगाएका छन।अस्पतालका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरी औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना देखि निजी क्लिनिक र ल्याबसंग साठगाठ गरेको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >