वीरगञ्जमा सशस्त्र प्रहरीद्वारा झन्डै १० लाख बराबरको अवैध सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp_Image_2024-12-18_at_6.49.17_PM_5PkLAx9QtO

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले झन्डै १० लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

बुधवार सशस्त्र प्रहरी बल गुल्म, वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट तथा विभिन्न सिमानाकाबाट भारततर्फबाट अवैध रूपमा भित्र्याउँदै गरेको नौ लाख ८७ हजार एक सय १५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो ।

बरामद सामग्रीमा कपडा, किराना सामान, मोटरपार्ट्स, हार्डवेयर, जुत्ता, र इलेक्ट्रिक सामान समावेश छन् । सामान विभिन्न यात्रुबाहक सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु हरि घिमिरेले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले अवैध सामानको ओसारपसार रोक्न नियमित निगरानीलाई थप कडा पार्ने जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >