सशस्त्रका सई ‘हत्या’ प्रकरणमा ५ जनाको संलग्नता

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Sasatra-Police-Murderd-1024x621

 सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि गाडीले ठक्कर दिएर हत्या गर्ने समूहको पहिचान गर्न सफल भएको हो ।

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पाँच जनाको समूहद्धारा सई यादवको हत्या भएको खुलेको बताए । ‘पाँच जनाको समूहबाट हत्या भएको खुलेको छ । जसमध्ये एक जनालाई पक्राउ गरेका छौं। बाँकी चार जना फरार छन्’ एसपी पण्डितले अनलाइनखबरसँग भने ।

यसअघि सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जसमध्ये एकजनाको संलग्नता खुलेको प्रहरीले जनाएको छ । हिरासतमा रहेकाको परिचय प्रहरीले खुलाएको छैन । अहिले पीडित परिवारकोतर्फबाट सवारी ज्यान र संगठित अपराधको कसुरमा किटानी जाहेरी समेत आइसकेको छ ।

पक्राउ परेकामाथि सवारी ज्यान र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए । फरार रहेका चार जनामा नेपाली र भारतीय दुवै छन् । जसकारण अहिले भारतीय प्रहरीसँग समेत समन्वय गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालीहरु समेत फरार भएर भारत पुगेको आशंका प्रहरीले गरेको छ ।

यसअघि सुरुमा प्रहरीले सई यादवलाई ठक्कर दिने स्कर्पियो गाडीको पहिचान गरेको थियो । उक्त गाडी भारतीय नम्बर प्लेटेको रहेको खुलेपछि घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरी सफल भएको हो ।

सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो । यो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।

सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान

यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले १६ मंसिर बिहान ३ बजेर १० मिनेट जाँदा स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।

सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३:४५ बजे प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो।

४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन्। सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा सुरुमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अहिले ती मध्ये एक जनाको संलग्नता खुलेको हो । अहिले प्रहरी हिरासतमा रहेका व्यक्ति नेपाली हुन् ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >