अवैध साल काठ बरामद,काठ तस्कर फरार

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
vn6-860x403

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित मिलनचोकमा शुक्रवार राती करिब १२ बजे अवैध रूपमा लोड गरिएका साल जातका काठ बरामद गरिएको छ ।

सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले ६ थान साइकलमा लोड गरी ल्याइ रहेका ४५ क्युफिट काठ बरामद गरिएको हो ।

बन गस्ती टोलीको उपस्थितिको खबर पाएपछि काठ ल्याउने व्यक्ति फरार भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बरामद काठ र साइकललाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको डिभिजनल बन अधिकृत अहमदले बताए । यस घटनासँग सम्बन्धित व्यक्ति पहिचान गरी कानूनी कारबाही गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >