प्रहरीको कार्यालय सहयोगी हत्या प्रकरण : राष्ट्रिय अनुसन्धान अधिकृतसहित ३ पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hatya-aaropi-29122024124115-1000x0

बारा — सिमरा विमानस्थलका प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या आरोपमा प्रहरीले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका तिवारीसहित जीतपुरसिमरा उपमहानगरपालिका-१९ का २७ वर्षीय पुरुषोत्तम दास र २० वर्षीय इन्द्रजित चौहानलाई सार्वजनिक गरिएको हो । दास सिमरामा सञ्चालित जयमाँ वर्कसपका सञ्चालक हुन् ।

‘पहिलाको रिसिइबीसँगै रुम्बालाई लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘पक्राउ परेका दासको वर्कसपबाट दासले प्रयोग गर्ने मोटरसाइकल, उनको पाइन्टको खल्तीबाट रुम्बाले गलामा लगाएको सुनको सिक्री र पर्स बरामद गरिएको छ ।’

घटनाबारे तीनैजनालाई अदालतबाट सात दिनको अनुमति लिएर कर्तव्य ज्यान कसुरअन्तर्गत थप अनुससन्धान भइरहेको उनले बताए ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयमाले अदालतमा महोत्तरी जलेश्वर-३ घर भई बारामा कार्यरत अनुसन्धान अधिकृत तिवारीमाथिसमेत मुद्दा दायर गरेको खण्डमा तिवारी कानुनअनुसार स्वतः निलम्बित हुनेछन् । सरकारी वकिल कार्यालयले तिवारीमाथि मुद्दा दायर नरेको खण्डमा भने निलम्बित हुने छैनन् ।

८ दिनअघि ४० वर्षीय रुम्बाको टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका रुम्बा सिमरा विमानस्थलको सुरक्षार्थ यूनिटमा कार्यरत थिए । पक्राउ परेका अनुसन्धान अधिकृत (निरीक्षक) तिवारी पनि विमानस्थल र सिमरा क्षेत्रमा एक वर्षदेखि थिए । दुवै एकै ठाउँमा खाना खान्थे । गत शुक्रबार राति ९:३० मा उनी तिवारीको कार मागेर कलैया जान्छु भन्दै हिडेँका थिए । तर शनिबार बिहानै उनी टाउकोमा गोली लागेर मृत अवस्थामा जीतपुरसिमरा उपमहानगर-११ आमाडार गाउँको सडक पेटीमा तिवारीकै प्रदेश ०१–०२८ च ७६१६ नम्बरको निजी कारमा एक्लै फेला परेका थिए । त्यहाँ तिवारी भने थिएनन् ।

जीतपुरसिमरा-१७ का रुम्बा वडा १ को सिमरा सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । उनका दुई श्रीमती र ३ सन्तान छन् । उनी सुकुम्बासीका अगुवा पनि थिए ।

रुम्बा मृत अवस्थामा फेला परेपछि प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । मृतक परिवारको तर्फबाट तिवारीमाथि किटानी जाहेरी छ ।

पहिलो चरणको अनुसन्धानको क्रममा तिवारीको हत्यामा संलग्नता तत्काल नभेटिए पनि किटानी जाहेरीको आधारमा हिरासतमा राखी थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालयका एक प्रहरी अनुसन्धान अधिकृतले बताए ।

रुम्बाले प्रयोग गरेको कारको साँचो अफ गरिएको अवस्थामा फेला परेको थियो । रुम्बा मृत अवस्थामा फेला परेको चौथो दिन वीरगन्ज नारायणी अस्पतालमा पोस्टमार्टम भएपछि टाउकोमा नजिकैबाट एक गोली हानी हत्या गरिएको पुष्टि भएको थियो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >