राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
ramchandra-paudel_president-1735468028

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन्। संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारले अध्यादेश ल्याएको हो।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याउनुपरेको जनाइएको छ। पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय गरेको थियो।

अध्यादेश जारी भएसँगै सरकारलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने बाटो खुलेको छ। बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न प्राधिकरण स्थापना गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ।

प्राधिकरणले सहकारीसँग सम्बन्धित विवाद पनि हेर्नेछ। त्यस्तै, सहकारीको दर्ता र वर्गीकरण, व्यक्तिगत बचत तथा ऋणको सीमा, कर्जा सूचना केन्द्रमा आबद्धता लगायत व्यवस्था पनि गरिएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >