पथलैयामा लागू औषधसहित १ महिला पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1735541835120

बारा जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका-१, पथलैया चोकस्थित प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ।

मिति २०८१ पुस १३ गते राति करिब ११:३० बजे पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले गौरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको ठूलो मात्रामा लागू औषध फेला पारेको हो।

पक्राउ परेकी महिला रौतहटको कटहरिया नगरपालिका-७ बस्ने करिब २१ वर्षीया मुस्कान कुमारी दास रहेको प्रहरीको भनाइ छ।बरामद लागू औषधको विवरण: नोरफिन: १,२०० पिस ड्राइजोपाम: १,२०० पिस फेनारगन: १,२०० पिस जम्मा: १२ डब्बा (३,६०० पिस) जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार पक्राउ परेकी महिलामाथि लागू औषध ओसारपसारसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >