दुईपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि बीपी उद्यानको अतिक्रमण हटाउन वीरगञ्ज महानगरले चलायो डोजर

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
birjung-mahanagar-dojar-1736132337

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यानको जग्गा अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । दुईपटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउन ताकेता गर्दा पनि अटेर गरेपछि आइतबारदेखि डोजर लगाएर स्थान खाली गराउन थालेको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसालले दुईपटकसम्म सार्वजनिक सूचना जारी गर्दा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको बताए । ‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बीपी उद्यान खाली गर्न थालेका छौँ,’ उनले भने, ‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’

महानगरका अनुसार बीपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रूपमा सञ्चालनमा रहेका छन् । भुसालले महानगरले विकल्प दिएर उद्यान खाली गर्न लागेको बताए । ‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’

बीपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाही महानगरले आफूहरूको बिचल्ली बनाएको बताउँछन् । ‘यहीबाट परिवारको गर्जो टार्दै आइरहेका थियौँ । हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्यौल छ,’ उनी भन्छन् । महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने उनको माग छ । ‘डोजर लगाएर हामीलाई त हटाएका छन् । अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन् कि भन्ने आशङ्का उब्जिएको छ,’ उनी भन्छन् ।

महानगरले यसअघि गत मङ्सिर २६ मा १५ दिने सार्वजनिक सूचना जारी गरेर बीपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउन निर्देशन दिएको थियो । सो म्याद पनि यही पुस १० मा सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बीपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रोपटक पुस १२ मा सात दिने म्याद राखेर  सार्वजनिक सूचना जारी गरेको थियो ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >