अपहरित १५ वर्षीय बालकको सर्लाहीबाट उद्धार, तीन अपहरणकारी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp-Image-2025-01-13-at-19.29.04_4c8fc438-800x445

सर्लाही प्रहरीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सुरक्षित रूपमा उद्धार गरेको छ। बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट सकुशल मुक्त गरिएको हो।

अपहरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय विक्रम पासवान, र बिहारको सितामढी जिल्लाको मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह रहेका छन्।सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूसँग कटुवा पेस्तोल, दुई राउन्ड गोली, मोबाइल, धारिलो चक्कु, हथौडा, र बीआर ०६बीटी २८५० नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रहरीले बालकलाई उद्धार गरी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ। पक्राउ परेकाहरूमाथि अपहरण, शारीरिक बन्धक, र हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >