प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MixCollage-13-Jan-2025-09-44-PM-2521

पुस २९ गते प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार सिमरा स्थित होटेल पराडाईजको सभाहलमा भएको अधिवेशनले पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम ,महिला उपाध्यक्षमा प्रीयंका सराफ ,सचिवमा अखिलेश कुमार यादव, सहसचिवमा विशाल सराफ र काजल कार्की परियार, कोषाध्यक्षमा शर्मालाल बैठालाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा अरुण कुशवाहा, पप्पु साह, महेन्द्र सहनी, राकेश चौधरी र बिकाश गुरुङ चयन भएका छन् । सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ । समितिले आगामी तीन वर्ष सम्म काम गर्ने छ ।अधिवेशनमा नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै निरन्तर उत्पीडित र सर्वहारा वर्गको पक्षमा कलम चलाउन सुझाव दिए ।रन्जन यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश ईन्चार्ज गोबिन्द देवकोटा को प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,नेकपा माओवादीका केन्द्रिय सदस्य गिता कंडेल , बैकल्पिक केन्द्रिय सदस्य शिला खनाल ,माओवादीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल ,कलैया उपमहानगर कमिति अध्यक्ष मुकेश साह ,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा र नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतले शुभकामना दिनुभएको थियो ।कार्यक्रम संचालन प्रेस सेन्टर नेपाल बाराका उपाध्यक्ष प्रदीप गौतमले संचालन गर्नु भएको थियो भने स्वागत मनतब्य प्रेस सेन्टर नेपाल बाराको ईन्चार्ज तथा केन्द्रिय सदस्य कृष्णउदाश खनालले गरेका थिए ।

प्रमुख अतिथि देवकोटाले प्रेस सेन्टर नेपाल क्रान्तिकारी पत्रकारहरूको आस्थाको केन्द्र मात्र होइन आम शोषित पीडित, उपेक्षित समुदायको आशा र मुक्तिको केन्द्र भएको धारणा ब्यक्त गरे । जनपक्षीय पत्रकारिताको इतिहासमा प्रेस सेन्टर आजको मूल नेतृत्व भएको उहाँको जिकिर थियो । प्रेस सेन्टरले आफ्नो गौरवपूर्ण इतिहास निर्माण गर्दै त्याग, वीरता र बलिदानको कीर्तिमान बनाउँदै आजको अवस्थामा आइपुगेको उनले बताएका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासङ्घ बाराको कार्यसमिति कोषाध्यक्षमा निर्वाचित रन्जन यादव र जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित शर्मालाल बैठा प्रदेशका सचिवमा निर्वाचित दिपक गौतम र केन्द्रिय सदस्यमा निर्वाचित राजु बिश्वकर्मा लाई सम्मान गरिएको थियो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >