नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250213-WA0039

बारा, १ फाल्गुन / बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेको १४ जना खेलाडीलाई युवा नेता दुबेले बिदाइ गरेका छन । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले संघीय राजधानी काठमान्डौमा हुने अन्तरास्ट्रिय खेलका लागि १४ जना खेलाडीलाई बिदाइ गरेका हुन । संघीय राजधानी काठमान्डौमा शनिवारदेखी हुन लागेको अन्तरास्ट्रिय खेलमा भाग लिन जाने खेलाडीलाई टिक्का लगाइ आर्थिक सहयोगले युवा नेता दुबेले बिदाइ गरेको स्थानीय दिपक दासले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिका भित्र रहेका खेलाडीहरूलाइ सुरू देखि नै सम्मान गर्दै आएका युवा नेता उमेश दुबेले नेपाल एटिमी क्याकुसिन कराते भलुही शाखालाइ १० हजार नगद सहित १४ जना खेलाडीलाई टीका लगाइ बिदाइ गरेको जानकारी दिनुभयो । बिदाइ कार्यक्रममा बोल्दै युवा नेता उमेश दुबेले खेलाडीहरू मुलूककै शानको रूपमा रहेको र त्यो शानलाइ स्थानीय सरकारले बुझन नसकेको दुख प्रकट गर्नुभयो । उहाले खेलाडीलाई निराश नभइ आत्मबलका साथ अगाडी बढन सुझाव दिएका थिए । अन्तरास्ट्रिय खेलमा सहभागी मात्र नभइ जितेर आउन खेलाडीहरूलाइ युवा नेता दुबेले सुझाएका थिए । कार्यक्रममा स्थानीय मोहन दास, प्रेम साह, दिपक दास, जितेन्द्र दास, बिक्की कुश्वाहा, राजेश कुश्वाहा, शेसनाथ यादव लगायत ३५ जना युवाहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >