बारामा २ अर्ब ९८ करोड २२ लाखको आलु उत्पादन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hirminiya-aalu-utpadan-390x220

बारा । बारामा यस बर्ष कृषकहरूले कुल १ लाख १९ हजार २ सय ८८ मेट्रिकटन आलु उत्पादन गरेका कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिनुभयो । 

यस बर्ष कृषकहरूले विभिन्न जातको आलुखेती ७ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर १६ दशमलव १ मेट्रिकटनले कुल १ लाख १९ हजार २ सय ८८ मेट्रिकटन आलु उत्पादन भएको ज्ञानकेन्द्रको प्रमुख साहले बताउनुभयो । 

यस बर्ष आलु खेती समयमा अविरल वर्षा भएको हुँदा किसानहरु फलफूल खेती तर्फ आकर्षित हुने गरेको हुँदा यस बर्ष आलु खेतीमा ४० हेक्टर क्षेत्रफलमा आलु खेतीमा कमी आएको कुरा ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले भन्नुभयो । 

उत्पादित  आलु हाल कलैया बजारमा प्रति किलो रु २५ देखि ३० मा बिक्री वितरण भइरहेको हुँदा २५ हजार मेट्रिकटनले कुल २ अर्ब ९८ करोड २२ लाख बराबरको आलु उत्पादन भएको अर्थ विज्ञ महराले जानकारी दिनुभयो । 

गतबर्ष कृषकहरूले ७ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती गरि प्रति हेक्टर १५ दशमलव ९ मेट्रिकटनले कुल १ लाख १८ हजार २ सय ९८ मेट्रिकटन  आलु उत्पादन भएको थियो । 

आलु खेती जिल्लाको १६ वटै स्थानीय तहमा कृषकहरूले खेती गर्ने गरेको भएपनि प्रत्येक बर्ष आलु खेतीमा कमी हुँदै आएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।  ७९ सालमा ७ हजार ४ सय ५०, ८० सालमा ७ हजार ४ सय ४० र ८० सालमा ७४ हजार हेक्टर क्षेत्रफलमा खेत गरिएको ज्ञानकेन्द्रले जनाएको छ । 

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >