कलैयाका यातायात कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुगमन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
470215682_122202115148230526_8909209660808801657_n

बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारीसहितको टोलीले सोमबार कलैया स्थित यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ।

सेवा प्रवाहबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा यातायात कार्यालयका प्रमुख अविन्दर दाससँग छलफल गरिएको बुझिएको छ । सो क्रममा सिडिओ अधिकारीले सेवा प्रवाहको अवस्था बुझी सुधारका लागि आवश्यक निर्देशन समेत दिए ।

अनुगमनका क्रममा नयाँ लाइसेन्स लिने सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको सिडिओ अधिकारीले बताए ।सिडिओ अधिकारीले स्वास्थ्य परीक्षण सही तरिकाले गराउन तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न पनि निर्देशन दिए ।

साथै, उनले कार्यालयका कर्मचारीहरूलाई नियमित रूपमा समयमै उपस्थित भई छिटो-छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न सचेत गराए ।अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ तथा प्रशासन कार्यालय बाराका मुद्दा शाखाका नायब सुब्बा अरुण साह समेतको सहभागिता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >