भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेर खिचाए फोटो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
lekhak_AbOp3tlQwk

सुन तस्करीका अभियुक्त भारतीय नागरिकले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। पश्चिम बंगालको हावडा जिल्लास्थित डोमजुर थानाअन्तर्गत बदमपुर टोल घर भएका बुद्धदेव मैतीले गृहमन्त्री लेखकलाई भेटेका हुन्।मैतीले गतसाता काठमाडौँमै गृहमन्त्री लेखकलाई भेटेका हुन्। भेटका क्रममा मैतीले गृहमन्त्रीसँग तस्बिर पनि खिचाएका छन्। मैती सुन र हीरा ओसारपसारका अभियुक्त हुन्। 

उनलाई २०८० वैशाख २२ गते करिब ११ बजेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ शंकाराचार्य गेटबाट प्रहरीले तस्करीको सामानसहित पक्राउ गरेको थियो। भारतबाट वीरगन्जतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको २२४.८०० ग्राम सुनका सिक्रीहरू र १४९.२५ ग्राम हीरा फेला पारेको थियो। 

उनले उक्त सामान खरिद गरेको बिल र भन्सार तिरेको रसिद बुझाउन सकेका थिएनन्। जिल्ला प्रहरी कार्यालय पर्साले २०८० वैशाख २४ गते थप कारबाहीका लागि प्रतिवेदनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको थियो। बरामद सामानको परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी संघले सुनका सिक्रीहरूको शुद्धता ८५ प्रतिशत कायम गरेको थियो। त्यसअनुसार सुनको तौल १८१.०८० ग्राम कायम भएको थियो। त्यतिबेला प्रचलित दर रेट अनुसार १८ लाख ३९ हजार ८१८ रुपैयाँ कायम गरिएको थियो।

हिराबापत समेत गरी २९ लाख ४४ हजार ६३३ बजार मूल्य कायम भएको भन्दै उनीविरुद्ध ३० लाख रुपैयाँ धरौटी माग गरेको थियो। 

मैतीले राजस्वले माग गरेको धरौटी राष्ट्रिय वाणिज्य बैंक कलैयामा बुझाएर भौचर पेस गरेका थिए। उनलाई त्यसपछि साधारण तारेखमा रिहा गरिएको थियो। तर राजस्वले २०८० माघ २२ गते फैसला सुनाएको थियो। 

त्यसअघि नेपाल राष्ट्र बैंकले उनीबाट बरामद भएका सामानको मूल्य निर्धारण गरेको थियो। टक्सार महाशाखाले सुनका गरगहना गाल्दा २१७ ग्राम यकिन भएको र उक्त मितिमा सुनको बजार मूल्य प्रति १० ग्राम ९६ हजार २८० रुपैयाँ दरले ३१ लाख ९४४ हजार १९१ रुपैयाँ कायम भएको थियो। 

मैतीले धरौटी राखेको ३० लाख रुपैयाँ कट्टा गरी थप १ लाख ९४ हजार १९१ रुपैयाँ थप माग गरिएको थियो। उनलाई उक्त रकमसमेत दाखिला गर्न लगाइ खोजेका बखत उपस्थित हुने र नभएमा धरौटी रकम जफत गर्ने सर्तमा छाडिएको थियो। 

राजस्व अनुसन्धान कार्यालयले ५० लाखसम्म बिगो कायम भएका मुद्दामा आफैँ फैसला गर्न सक्छ। त्यो भन्दामाथिको मुद्दा सम्बन्धित क्षेत्रको उच्च अदालतमा दायर गर्छ। मैतीको मुद्दा पनि राजस्व कार्यालयले नै आदेश गरेको हो। 

सुन तथा हिरा तस्करीका उनै भारतीय अभियुक्तलाई गृहमन्त्रीले भेटेका हुन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >