बालेन शाहले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
balen-shah_mayor-ktm-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्।

महानगरका कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको गुनासो आइरहेका बेला सोमबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले अबको एक हप्तामा कर्मचारीले तलब नपाएको खण्डमा सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका हुन्।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! ’ उनले भने, ‘त्यो पछि हेरौँला तिमी हरुको के के तन्त्र हो!!’काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको महिनौं बितिसकेको छ । तीन महिनादेखि महानगरका मेयरदेखि सरसफाइ कर्मचारीको तलब नै रोकिएको अवस्था छ । १० करोड रुपैयाँभन्दा माथिको आयोजना र सबै जनप्रतिनिधि तथा कर्मचारीको तलब गरेर करिब ७५ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । यस्तो परिस्थिति सिर्जना संघीय सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा भएको हो ।

चालु खातामा रकम ट्रान्सफर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । तर, महानगर र सरकारबीचको युद्धका कारण निकास पाउन सकेको छैन ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >