दाङस्थित एक प्लाई उद्योगमा आगो लागेको प्लाई उद्योग आगलागीमा ४० करोडको क्षति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-FB_IMG_1742772294324_YifNfqkDPj

दाङस्थित एक प्लाई उद्योगमा आगो लागेको छ । घोराही उपमहानगरपालिका ११ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आइतबार राती १ बजेतिर आगलागी भएको हो।

 आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन्। उद्योग सञ्चालकका अनुसार उद्योगमा प्लाईसँगै ठूलो परिमाणमा काठ थियो। ठूलो क्षेत्रफलमा रहेको उद्योगमा लागेको आगो सोमबार बेलुकासम्म पनि नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणमा लिन आठ वटा दमकल प्रयोग गरिएका छन्। दाङसहित बाँके र कपिलवस्तुबाट समेत आगो नियन्त्रणका लागि दमकल ल्याइएका छन्।

उद्योगमा आगो लागेको राती १ बजेतिर स्थानीयले थाहा पाएका थिए। उद्योग नजिकै घर रहेका गिरीराज रोकाले राती आगो लागेको थाहा पाएपछि उद्योगका गार्डलाई खबर गरिदिएका थिए। ‘राती १ बजेतिर शौचालय जाने बेलामा ठूलो आगोको मुस्लो देखेँ’, उनले भने ‘अनि मैले तत्कालै उद्योगको गार्डलाई जानकारी गराएको थिएँ।’

उनका अनुसार उद्योगमा काठैकाठ मात्र रहेकाले आगो तत्कालै उद्योगभरि फैलिएको थियो। आगलागी भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। घोराहीबाट दमकलसमेत पुगेको थियो।

आगो धेरै फैलिइसकेका कारण आगो नियन्त्रणमा आउन सकेन। ‘राती २ बजेतिर हामीलाई आगलागी भएको खबर आयो, दमकल पनि उतिबेलै घटनास्थल पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले भने ‘आगो एकदमै फैलिएकाले आगो नियन्त्रणमा लिन सकिएन।’

आगो नियन्त्रणमा आउन नसकेपछि उद्योग सखाप बनेको छ। ‘आगोले उद्योगभित्रको सरसामान केही बचाउन सकिएन, सबै जलिसकेको अवस्था छ,’ डिएसपी शाहले भने ‘आठ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि नियन्त्रणमा आउन सकेको छैन।’

प्रहरीका अनुसार आगलागीको एकिन कारण भने अहिलेसम्म खुलिसकेको छैन। तथापि विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान प्रहरीको छ । ‘आगो कसरी नियन्त्रणमा लिने भन्नेमै हाम्रो ध्यान केन्द्रित छ,’ डिएसपी शाहले भने ‘आगलागी कसरी भयो भनेर अहिले खुलिसकेको छैन तर हाम्रो अनुमान भने विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्छ भन्ने हो।’

आइतबार रातीदेखि लागेको आगोले उद्योगमा झन्डै ४० करोड बराबरको क्षति भएको उद्योग सञ्चालक बताउँछन्। ‘आगलागीबाट झन्डै ४० करोड बराबरको क्षति भएको छ,’ उद्योग सञ्चालक गेहेन्द्र बस्नेतले भने, ‘उद्योगमा रहेको केही सामान पनि बचेको छैन, सबै सखाप भएको छ।’

उद्योगमा आगलागी भएको भनेर बस्नेतलाई उद्योगका गार्डले फोन मार्फत जानकारी गराएका थिए। घोराहीमा रहेका बस्नेत दुई बजेतिर दमकल लिएर घटनास्थल पुगेका थिए। उनी पुग्ने बेला आगो अनियन्त्रित भैसकेको थियो। ‘मलाई उद्योगको स्टाफले फोन गरेर जानकारी गराए, अनि म घोराही उपमहानगरपालिकाको दमकल लिएर उद्योग पुगेँ,’ बस्नेतले भने ‘म त्यहाँ पुग्दा आगो अनियन्त्रित भैसकेको थियो।’

घोराही उपमहानगरको दमकलसँगै तुलसीपुर उपमहानगरको दमकल पनि आगो निभाउन पुगेको थियो तर नियन्त्रण बाहिर पुगेको आगो निभाउन नसकेको जानकारी बस्नेतले दिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >