प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द देखिएपछि विद्युत कार्यालयमा तोडफोड, प्रमुख कुटिए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1742893625_Untitled-4-1200x560

भरतपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दहरू देखिएपछि एक समूहले कार्यालयमा प्रवेश गरी केन्द्र प्रमुखमाथि कुटपिट गर्नुका साथै तोडफोड गरेका छन्।

मंगलबार बिहान करिब १० बजे ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई कार्यकक्षमै कुटपिट गरेको प्राधिकरणले विज्ञप्ति जारी गर्दै जनाएको छ। सो क्रममा आक्रमणकारीहरूले कम्प्युटर, टेबललगायतका सामग्री तोडफोड गरेका थिए।

सोमबार दिउँसो करिब एक घण्टा प्राधिकरणको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री ओलीमाथि आपत्तिजनक शब्दहरू प्रक्षेपण भएपछि विवाद उत्पन्न भएको थियो। यसै विषयमा युवा संघ र अनेरास्ववियूको टोली मंगलबार ध्यानाकर्षण पत्र बुझाउन कार्यालय पुगेका थिए।

भरतपुर वितरण केन्द्रले घटनाको कडा निन्दा गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘’प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिविरुद्ध गरिएको अपशब्द संविधान र कानुन विपरीत हो। घटनामा संलग्न व्यक्तिहरूलाई साइबर अपराध ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही होस्।‘’

प्राधिकरणले डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीलाई गालीगलौज लेखिएको घटनालाई आपत्तिजनक र गैरकानुनी भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ।

विद्युत प्राधिकरण परिवारले सार्वजनिक अपिल जारी गर्दै कार्यालयभित्र तोडफोड र आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको भन्दै तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >