पर्सामा सशस्त्र प्रहरीले ६४ केजी गाँजा बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250325-WA0009-696x524

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्साको बहुदरमाई नगरपालिका-९, बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउमा लुकाइराखिएको ६४ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरीले ६ वटा पोका गरी जम्मा ६४ केजी गाँजा फेला पारेको हो। लागुऔषध बेवारिसे अवस्थामा रहेको र तस्करहरूले सुरक्षाकर्मीको गस्ती देखेपछि छोडेर भागेको आशंका गरिएको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा, पर्सा वीरगञ्जका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

लागुऔषध ओसारपसार तथा तस्करी रोकथामका लागि सुरक्षा निकायहरूले कडाइ गरेका छन्। विशेष गरी नेपाल–भारत सीमावर्ती क्षेत्रलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >