सरकारको गुप्तचरी संयन्त्र किन असफल भयो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2025-03-28-23-59-34-134-edit_com.facebook.katana

काठमाडौं । दुर्गा प्रसाईको नेतृत्वमा शुक्रबार भएको आन्दोलनलाई कमजोर आकलन गर्दा ठूलो क्षति हुन पुगेको छ। गृह मन्त्रालयले सामान्य प्रदर्शन हुने ठानेर ठूलो तयारी गरेको थिएन ।तर, प्रसाईले हिंसात्मक आन्दोलन गर्ने तयारी गरेका थिए । उनको त्यो रणनीति चाल नपाउदा आन्दोलन हिंसात्मक भयो। दुई जनाले ज्यान गुमाए भने तोडफोड र आगजनी समेत भएको छ। सेना समेत सडकमा निस्कनुपर्ने अवस्था आएको छ।

यो घटनाले सिंगो गृह मन्त्रालय र प्रहरीको कमजोरी त बाहिर आएको छ नै देशको गुप्तचरी समेत कति निकम्मा भइसकेको छ भन्ने प्रष्ट भएको छ ।

२ हजार जनशक्ति रहेको राष्ट्रिय अनुसन्धान विभागको मुख्य काम नै यस्तै अवस्थामा सूचना संकलन गर्नु हो । पछिल्लो समय उसको गुप्तचरी खस्कदै गएको शुक्रबारको घटनाले देखाएको छ । विभागका प्रमुख हुतराज थापाको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ ।

शुक्रबार आन्दोलनमा व्यक्तिका घर समेत जलाइएको छ । जडीबुटी कम्पनीमै आगजनी हुँदा प्रहरी पुग्न सकेन । एउटा समूह विभिन्न ठाउँ पुगेर यसरी आगजनी गरेको थियो । त्यो समूहसँग सडकका प्रहरी नै डराएर भाग्नुपर्ने अवस्था आएको थियो ।

यसको प्रमुख कारण गृह मन्त्रालयमा अनुभवी टिमको अभाव र कमजोरी गुप्तचरी नै हो । गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा अनुभवीभन्दा आफु निकटस्थलाई राखेका छन् ।

उनीहरुको काम शान्ति सुरक्षा भन्दा असुली धन्दामा व्यस्त छ । प्रधानमन्त्रीको प्रत्यक्ष मातहत रहेको गुप्तचर विभाग पनि कमजोर हुँदै देशकै बेइज्जत हुने घटना शुक्रबार भएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >