नेपाल पत्रकार महासंघ बाराद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन,क्षतिपूर्ति दिन माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250331-142915_Facebook

कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई सोमबार ज्ञापनपत्र दिएको छ। राजावादीको आन्दोलनको क्रममा सञ्चारकर्मीको मृत्यु तथा सञ्चारगृह एवम् सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै सो ज्ञापनपत्र दिइएको हो। दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा गएको टोलिले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र दिदै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्रमा यही चैत १५ गते काठमाण्डौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै छ,भनेर लेखिएको छ। ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतल्लामा आगो लगाउनुको साथै डुगामुढा गरी क्षति पुर्‍याइएको ध्यानाकर्षण पत्रमा जानकारी दिइएको छ। कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुर्‍याइएको ध्यानाकर्षण पत्रमा घटना विवरण उल्लेख गरिएको छ। हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्‍याइएको जनाइएको छ। पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको घटना विवरणमा लेखिएको छ। फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ। उल्लेखित घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर रहेको उल्लेख रहेको छ। अतः प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्यावारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ। उनको परिवारलाई क्षतिपूर्ति दिन,सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले जोडदार माग गरेको छ। साथै,विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानूनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ। एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष महासंघले आग्रह गरेको छ। अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने तर्फ समेत ध्यानाकर्षण गराईएको छ। ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,केन्द्रिय सभा सदस्य भोजराज भट्टराई,गोकुल गोर्साइने,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल उपाध्याय, उपाध्यक्ष प्रियंका दास,सहसचिव दुष्यन्त चौधरी,प्रेस चौतारी मधेस प्रदेशका महासचिव दिवाकर भण्डारी,लगायतको उपस्थिति रहेको थियो।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >